३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बुधवार शेयर बजार बढ्यो

बुधवार शेयर बजार बढ्यो
symbolic photo
अ+ अ-

काठमाडौं । बुधबार पनि शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर ३ सय ३५ दशमलव ६२ अंकमा बन्द भएको छ । नेप्से परिसूचक बढनुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको रुपमा लिइएको छ । बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदर भएकै कारण शेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ । अहिले बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशत भन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ । सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् । 
यसबाहेक बैंक तथा वित्तीय संस्था लगायत नेप्सेमा सूचिकृत कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरु प्रकाशित भइराखेको र अधिकांश कम्पनीहरुको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन् । त्यसैले बजारमा लगानी भित्रिदा शेयरको माग बढ्न गएकाले परिसूचकमा पनि सकारात्मक असर परेको देखिन्छ । आज (बुुधबार) पनि बजारमा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँ बराबरको १ कारोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिद विक्री भएको छ । 

कारोबारमा आएका समूह मध्ये फाइनान्स समूह बाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचुअल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् ।  बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ । 
बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार ९ सय ३० रुपैयाँको भएको छ । यस्तै हिमालयन डिस्टिलरीको शेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार रुपैयाँ बढीको भएको छ ।

यस बाहेक १५ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार हुने कम्पनीहरुमा एनआइसी एसिया बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।  यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । ९ प्रतिशत भन्दा माथि शेयर मूल्य बढ्ने कम्पनीहरुमा लक्ष्मी इक्युटी फण्ड, नागरिक लगानी कोष, बिसाल बजार कम्पनी, एनआइसी एसिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लगातका रहेका छन् । बजार बढेपनि आइसीएफसि फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।