१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान

एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान
अ अ+ अ-

काठमाडौँ । एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएकाहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच तामाङलाई फाउण्डेशनले सम्मान गरेको हो । तामाङलाई एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएका दुई जनालाई सकुशल उद्धार गर्न सफल भएकोमा ५० हजार रुपैयाँ नगदसहित सम्मनन गरेको हो ।

उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सद्भाव,सहिष्णुता,मानवता नेपालीहरुमा रहेको बताउनु भयो । उहाँले सेवा, त्याग भन्नेकुरा पढेर र कसैले सिकाएर नभइ मनबाट आउने कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सद्भाव,सहिष्णुता,मानवता जस्ता चिजहरु नेपालीहरुमा बेसी छ । सेवा, त्याग भन्नेकुरा न पढेर आउने, न कसैले सिकाएर आउँछ, त्यो मनबाट आउने कुरा हो ।’

गत असोज १२ र १३ गते देशभर आएको भीषण वर्षाका कारण काठमाडौं उपत्यकासहित भीषण बाढी, डुबान र पहिरो गएको थियो । जसकारण ठूलो जनधनको क्षति भएको छ । सडक सञ्जाल अवरुद्ध भएका छन् ।