• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

आज नेपाल र बंगलादेश बिच पहिलो मैत्रिपूर्ण खेल हुँदै



काठमाडौं । बंगलादेशसँग शुक्रबार नेपालले पहिलो मैत्रिपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किनेछ । कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ । ढाका स्थित बंगबन्ध रंगशालामा दिउसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो । दुई मैत्रिपूर्ण तालिका बनाएर एक साता अघि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशमा एक साता अभ्यास गरेको छ । एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली शुक्रबार घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा सुखद नतिजाको खोजीमा हुनेछ । कोरोना महामारीले निराश बनेका दर्शकलाई नेपाली खेलाडीले जित निकाल्दै खुसी दिलाउन पक्षमा रहेका छन् । 

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुने छन् । दुई म्याचके विजेताले ट्रफी पनि पाउने वुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी गराइएको छ । कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरु स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रुपमा लिएका छन्  । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको छ ।

यस अघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चित कालका लागि स्थगित भएका थिए । शुक्रबार बंगलादेशसँग खेल्ने लागेको नेपालले  ‘हेड टु हेड’ मा निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।