३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाल र बंगलादेश बिच पहिलो मैत्रिपूर्ण खेल हुँदै



अ+ अ-

काठमाडौं । बंगलादेशसँग शुक्रबार नेपालले पहिलो मैत्रिपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किनेछ । कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ । ढाका स्थित बंगबन्ध रंगशालामा दिउसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो । दुई मैत्रिपूर्ण तालिका बनाएर एक साता अघि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशमा एक साता अभ्यास गरेको छ । एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली शुक्रबार घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा सुखद नतिजाको खोजीमा हुनेछ । कोरोना महामारीले निराश बनेका दर्शकलाई नेपाली खेलाडीले जित निकाल्दै खुसी दिलाउन पक्षमा रहेका छन् । 

मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुने छन् । दुई म्याचके विजेताले ट्रफी पनि पाउने वुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी गराइएको छ । कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरु स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रुपमा लिएका छन्  । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको छ ।

यस अघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण अनिश्चित कालका लागि स्थगित भएका थिए । शुक्रबार बंगलादेशसँग खेल्ने लागेको नेपालले  ‘हेड टु हेड’ मा निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।