३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा‚ बन्दसत्र फेरि स्थगित



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र फेरि स्थगित भएको छ ।

सो संगठनले आज सूचना जारी गर्दै आज गर्ने भनिएको बन्द सत्र स्थगित भएको जनाएको हो । बन्द सत्र भोलि (बिहीबार)का लागि तोकिएको छ ।

गत बिहिबारदेखि शुरु भएको २३औँ राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद भएपछि बन्द सत्र हलमै तोडफोडसमेत भएको छ ।

सोमबार पनि सम्मेलनमा कुर्सी हानाहान भएको थियो । सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सी हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न कठिन भएको थियो ।