९ भाद्र २०८३, मंगलवार
,
Latest
मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेप्टेम्बर महिनामा ९६ हजार पर्यटक नेपाल भित्रिए



अ+ अ-

काठमाडौं । नेपालमा सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार पर्यटक आएका छन्

पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअुसार गत महिनाभरीमा ९६ हजार ३०५ पर्यटक भित्रिएका हुन्।

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै २२ हजार ९८४ भारतीय पर्यटक रहेका छन्। त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ८ हजार, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ पर्यटक आएका छन्।

त्यसैगरी, बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन्।

अघिल्लो महिना अगष्टमा ६७ हजार १५३ पर्यटक आएका थिए। यस सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ।