३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन

पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन
अ+ अ-

किमाथाङ्का । पर्यटन क्षेत्रको समग्र विकास तथा सुधारको कार्ययोजनासहित रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सङ्खुवासभाको चैनपुर नगरपालिकाले सात सदस्यीय पर्यटन विज्ञ समूह गठन गरेको छ । यहाँको पर्यटन क्षेत्रको सम्भावन, प्रवद्र्धन, विकास र रणनीतिक कार्ययोजना बनाउनका लागि  इञ्जिनीयर निराकार श्रेष्ठको संयोजकत्वमा गठित उक्त समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरु रहनेछन् । धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदामा धनी रहेको चैनपुरको विकासमा यो समूहबाट ठूलो सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ ।

समूहको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, इतिहासविद् डा। रमेश ढुङ्गेल, होटल एशोसिएशनका पूर्वअध्यक्षद्वय प्रकाश श्रेष्ठ र योगेन्द्र शाक्य, सम्पदाविद् रबिन्द्र पुरी र सदस्य सचिवमा इञ्जिनीयर गुणराज श्रेष्ठ रहनुभएको नगरपालिकाकाका प्रमुख भरत खत्रीले जानकारी दिनुभयो । उहाँले नगरभित्रका धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी चैनपुर नगरपालिकालाई प्रदेश नं १ कै पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्यका साथ यो समूह गठन गरिएको बताउनुभयो । 

उक्त समूहले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धारण गरी त्यसअनुसारको योजना र कार्यक्रम बनाउनका लागि विभिन्न सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँग आवश्यक समन्वय, सहकार्य र परामर्श गर्न सकिनेछ । समूहले चैनपुरलाई पर्यटकीय हव बनाउन र नयाँ गन्तव्यको रुपमा विकास गर्ने कामको शुरुवात गरिसकेको संयोजक श्रेष्ठले बताउनुभयो ।