६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन



अ+ अ-

किमाथाङ्का । पर्यटन क्षेत्रको समग्र विकास तथा सुधारको कार्ययोजनासहित रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सङ्खुवासभाको चैनपुर नगरपालिकाले सात सदस्यीय पर्यटन विज्ञ समूह गठन गरेको छ । यहाँको पर्यटन क्षेत्रको सम्भावन, प्रवद्र्धन, विकास र रणनीतिक कार्ययोजना बनाउनका लागि  इञ्जिनीयर निराकार श्रेष्ठको संयोजकत्वमा गठित उक्त समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरु रहनेछन् । धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदामा धनी रहेको चैनपुरको विकासमा यो समूहबाट ठूलो सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ ।

समूहको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशी, इतिहासविद् डा। रमेश ढुङ्गेल, होटल एशोसिएशनका पूर्वअध्यक्षद्वय प्रकाश श्रेष्ठ र योगेन्द्र शाक्य, सम्पदाविद् रबिन्द्र पुरी र सदस्य सचिवमा इञ्जिनीयर गुणराज श्रेष्ठ रहनुभएको नगरपालिकाकाका प्रमुख भरत खत्रीले जानकारी दिनुभयो । उहाँले नगरभित्रका धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी चैनपुर नगरपालिकालाई प्रदेश नं १ कै पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्यका साथ यो समूह गठन गरिएको बताउनुभयो । 

उक्त समूहले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धारण गरी त्यसअनुसारको योजना र कार्यक्रम बनाउनका लागि विभिन्न सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँग आवश्यक समन्वय, सहकार्य र परामर्श गर्न सकिनेछ । समूहले चैनपुरलाई पर्यटकीय हव बनाउन र नयाँ गन्तव्यको रुपमा विकास गर्ने कामको शुरुवात गरिसकेको संयोजक श्रेष्ठले बताउनुभयो ।