११ श्रावण २०८३, सोमबार
,
Latest
निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल



file photo
अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताउनुभएको छ ।

दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिरहेको समेत बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो चाडबाडको बेलामा हवाई भाडा धेरै अत्याधिक वृद्धि हुनेकुरा उठेको छ । त्यस कुरालाई नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ । यही दशैंको बेलामा ५ हजार, ६ हजार भाडा भएका ठाउँहरुमा १७ हजार, १८ हजारसम्म भाडा वृद्धि भएको कुरा देखिएको छ । त्यसले गर्दा हामीले नागरिक उडडयन अथवा त्यो उड्डयनसँग सम्बन्धित व्यवसायीहरुलाई पनि हामीले अनुरोध गरेका छौं । हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले नै अनुरोध गर्नुभएको छ कि यो बेलामा तपाईहरुले यसरी भाडा नबढाउनुस् भनेर । हामीले व्यवसायीसँग भाडा नबढाउन अनुरोध नै गर्ने हो । त्यो पनि नभए नियमन हुन्छ, गरिन्छ ।’

मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दु:खमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरुको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिव २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रश्तुत समेत गर्नुभयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘यतिबेला एकदमै दु:खमा छौं हामी । १८८ जना भन्दा बढिको मृत्यु भएको छ यो बाढीको कारणले गर्दा । र ४१ जना वपेत्ता हुनु भएको छ । झन्डै ४ हजार जतिलाई हामीले उद्धार गरेका छौं । थुप्रै घाइते हुनुभएको छ । त्यसले गर्दा यो अवस्था छ अहिले निकै कठिन अवस्था छ । प्राकृतिक प्रकोपले हामीलाई यस्तो अवस्था सृजना गरिदिएको छ । र, हाम्रो मन्त्रालयसँग सम्बन्धित अहिले प्रारम्भिक अनुमान अनुसार २५ अर्ब २५ करोड बराबरको क्षति भएको छ । पुलहरु नष्ट भएका छन् । बाटाहरु नष्ट भएका छन्, झोलुंगे पुलहरु नष्ट भएका छन् । बेलिब्रिजहरु बगाएको छ । यस्तो अवस्था छ । र अरु मन्त्रालयसँग सम्बन्धित पनि धेरै ठूलो नोक्शानी भएको छ । अथवा देशको भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी भएको छ । र म यही कार्यक्रममार्फत ती ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । र घाइतेहरुको उपचारका लागि सरकारले जिम्मा लिएको छ । घाईतेहरुको पूर्ण रुपले नि:शुल्क उपचार गर्ने घोषणा पनि गरेको छ । र बेपत्ताहरुको खोजी पनि भईरहेको छ । यो अवस्थामा हामी छौं ।’

मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तिब्रता दिने बताउनु भयो ।




भर्खरै