१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता

मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता
अ अ+ अ-

सुन्दरबजार । कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन ? विदेश नै जानुपर्छ र ? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ पनि केही गर्न सकिन्छ नी । यो त बेरोजगारी समस्या नभोगेकाले वा राजनीति गर्ने र समाजसेवीहरुले भन्ने र दिने उपदेश मात्र हो ।

देशमा केही गर्न खोज्दाखोज्दै पनि केही सीप नलागेपछि हार खाएर गाउँका थुप्रै ऊर्जाशील युवा अहिले विदेशमा आफ्नो श्रम बेचिरहेका छन् । विदेशिएका जति सबैले भनेजस्तो गर्न त सकेका छैनन् तर पनि केहीले भने राम्रो प्रगति गरेका छन् । आफूले भोगेको जस्तै समस्या अरुलाई नहोस् भन्नका लागि विदेशमा नेपालीलाई सहज हुनेगरी व्यावसायिक काम पनि गरेका छन् । उद्यम गर्ने आफ्नो सोचलाई विदेशमा पुगेर कतिपय युवाहरुले साकारसमेत पारेका छन् ।

आफ्नै देशमा केही गर्छु भन्दाभन्दै यहाँको प्रशासनिक झन्झट र बेथितिका कारण थाकेर आजित भई विदेशिनेहरुको भीडका एक व्यक्ति हुनुहुन्छ गुमानसिंह कार्की । लमजुङको सुन्दरबजार नगरपालिका–८, घोक्रेश्वाँराका कार्कीले पोर्चुगल पुगेर गरेको सङ्घर्ष र मेहनतले अहिले ७५ जनाभन्दा बढीलाई रोजगार दिएको छ । उहाँले पोर्चुगलबाट सुरु गरेको व्यवसाय अहिले भारत हुँदै काठमाडौँसम्म विस्तार भएको छ । आफ्नो व्यवसायबाट यति धेरै व्यक्तिलाई रोजगार दिन पाएकामा नै उहाँ खुसी हुनुुहुन्छ ।

“नेपालमा नै केही गर्छु भन्ने सोच उहाँमा नआएको पनि होइन”, उहाँ भन्नुहुन्छ, “गणित र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नेक्रममै केही व्यवसाय गर्ने सोचमा थिएँ । तर भनेजस्तो नभएपछि विदेश जाने सोच बनाएँ ।” उहाँले आईए पास गरेपछि केही समय बोर्डिङ स्कूलमा शिक्षण कार्य गरे पनि त्यसले आफैँलाई पालिन मुस्किल देखेपछि २०५८ सालमा वैदेशिक रोजगारमा दुबही जानुभयो ।

विदेशमा रहँदा पनि उहाँलाई स्वदेशमै आएर केही गर्छु भन्ने हुटहुटीले छाडेन । त्यही अठोटले उहाँलाई स्वदेश फर्कायो र दोभान इन्टरनेशनल नामक पेस्टिसाइडको कारोबार गर्ने कम्पनी स्थापना गर्ने तयारीमा जुट्नुभयो । चीनबाट औषधि ल्याएर नेपालमा लेवलिङ गरी बिक्री गर्ने योजनाका साथ काम गर्न हरिहर भवनस्थित पेस्टिसाइड रजिस्ट्रेसन विभागमा जाँदा सात लाख रुपैयाँ घुस मागिएपछि हार खाएर त्यहीँ कागजपत्र च्यातेर फर्किनुभयो ।

यत्तिकैमा उहाँ निराश बन्नु भएन । युरोप जान पाए पैसा त कमाउन सकिन्थ्यो भन्ने सोच उहाँको मनमा पलायो । यसैअनुरुप सन् २०१३ को डिसेम्बरमा पर्यटक भिसा लिएर पोर्चुगल छिरेका उहाँ त्यहीँ कागजपत्र मिलाएर काम गर्न थाल्नुभयोे । शुरुआती दिनमा ठूलो सङ्घर्ष गर्नुपरेको कार्की बताउनुहुन्छ । सङ्घर्षले मानिसको जीवनमा सफलता ल्याउँछ भन्ने तथ्य उहाँको जीवनमा पनि लागू हुन्छ । उहाँलाई पनि लाग्ने गर्छ, “विदेशमा गरिएको जस्तै श्रम नेपालमा गर्ने हो भने यहीँको जीवन सरल र सहज छ । आफ्नै परिवेश राम्रो छ । यहीँंको संस्कृति सुन्दर छ ।”

सुरुका दुई वर्षसम्म उहाँले पोर्चुगलमा सुन्तला र ऐँसेलु टिप्ने काम गर्नुभयो । “काम गर्दागर्दै त्यहाँको सबै रहनसहन बुझेँ, परिवेश थाहा हुँदै गयो, मानिसले कस्तो दु:ख पाएका छन् भन्ने पनि देखियोे”, उहाँ भन्नुहुन्छ, “यसले मलाई पनि मेहनत गर्ने आँट जाग्यो । दु:खलाई अवसरका रुपमा लिन थालेँ ।” सुन्तला र ऐँसेलु टिप्ने काम छोडेर ‘युरोफिम्स’ नामक कम्पनीमा काम गर्न थाल्नुभयो । त्यहाँ थुप्रै नेपालीहरु काम गर्दथे । उहाँ पढेलेखेको हुनाले कम्पनीले मानव संशाधनको क्षेत्रको जिम्मेवारी दियो ।

कम्पनीमा राम्रै आम्दानी पनि थियो । तैपनि सधैँभरि अरुको काम गरेर मात्र आफ्नो प्रगति नहुने र क्षमतावान व्यक्तिले आफ्नै काम गर्नुपर्छ भन्ने कुरा राम्रैसँग बुझेका गुमानसिंहले सन् २०१७ को अन्त्यतिर थ्री स्टार कन्सल्टेन्सी नामक कम्पनी खोल्नुभयो । यस कम्पनीले पोर्चुगलभित्र रहेका दक्षिण एसियाका व्यक्तिहरुको डकुमेन्टेसनसम्बन्धी काम गर्दथ्यो । यसै कम्पनीमा काम गर्दा उहाँले दक्षिण एशियाका कामदारहरुले पाइरहेको दु:खलाई नजिकबाट अनुभव गर्ने अवसर मिल्यो ।

उनीहरुमध्ये धेरैले त्यहाँको भाषा, संस्कृति र कागजात मिलाउन नसक्दा लामो समयसम्म युरोप बस्ने सपना तुहाइरहेका थिए । लामो समय बस्दा पनि कागजपत्र मिलाउन नसकेर दु:ख पाएका दक्षिण एशियाका कामदारहरु देखेर उनीहरुको कार्यमा सघाउने योजना बनाउनुभयो । सोहीअनुरुप ‘ओला अमिगी कल्चर एण्ड ल्याङ्ग्वेज एशोसिएसन’ नामक कम्पनी स्थापना गरी पोर्चुगलको संस्कृति र भाषा सिकाउन थाल्नुभयो ।

उहाँको व्यावसायिक योजना यतिकैमा टुङ्गिएन । सन् २०१८ मा पोर्चुगलको ‘लिजवनमा थ्री स्टार एकाउन्टिङ’ नामक कम्पनी खोलीे व्यवसायसँग सम्बन्धित लेखापरीक्षणलगायत काम गर्नु थाल्नुभयो । उहाँको यो कम्पनी अहिले विस्तार भएर विशाल कम्पनी बनिसकेको छ । पोर्चुगलमा यसका दुईवटा शाखा छन् भने भारत र काठमाडौँमा पनि शाखा रहेका छन् । कम्पनीमा हाल २५ जना पूर्णकालीन र ५० भन्दाबढीले आंशिक रुपमा रोजगारी पाएका छन् । उहाँका अनुसार रोजगार पाउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली नै छन् ।

व्यवसायलाई अहिले श्रीमती र छोराहरुले पनि सघाउन थालेपछि अब उहाँलाई व्यवसायको खासै चिन्ता छैन । चिन्ता छ त केबल आफ्नो जन्मभूमि र आफ्नै देशको । त्यसैले त कार्की अहिले पैत्रृक थलोमा आएर फरक किसिमको सोचका साथ काम गरिरहनुभएको छ ।

विदेसिनेहरु उतै बस्छन् भन्ने आम बुझाइलाई चिर्दै उहाँले गाउँमा एउटा आवासीय भवन निर्माण गर्नुभएको छ । लमजुङको भोटेवडारबाट बेंसीसहर जाने बाटोबाट करिब दुई सय मिटर माथि एक करोड ५० लाख रुपैयाँको लगानीमा उहाँले बनाएको पर्यटकीय आवाससहितको भवनमा पारिवारिक शैलीमा आफैँ पकाएर खान, नाचगान, भजनकीर्तन गर्न सकिन्छ । माछापोखरी, पार्क अन्य आवश्यक सुविधासहित निर्माण गरिने उक्त स्थान पुरै पर्यटकीय परिवेशको हुने उहाँ बताउनुहुन्छ । कार्की विभिन्न सामाजिक संस्थाहरुमा संलग्न समाजसेवामा उत्तिकै व्यस्त देखिनुहुन्छ ।