२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पताल अछाममा कम्बल वितरण



oplus_2
अ+ अ-

अछाम । स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ । जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जानकारी दिनुभयो ।

चिसो बढ्दै गइरहेकाले बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने भन्दै अस्पतालमा भर्ना भएका बिरामीको सहजताका लागि कम्बल वितरण गरिएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारी जानकारी दिनुभयो ।

कम्बल हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले जाडोयाममा बिरामीको शारीरिक अवस्थालाई मध्यनजर गरी कम्बल वितरण गरी परोपकारी काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

पछिल्लो समय जिल्ला अस्पतालमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह भइरहेको भन्दै बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला अस्पताकाबारेमा मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य क्षेत्रका समस्या समाधानमा आफू निरन्तर लागिपरेको उहाँले बताउनुभयो ।

पहाडी जिल्लाका नागरिकको स्वास्थ्यमाथि ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकको आवश्यकता महसुस गरिएको बताउँदै मन्त्री खड्काले प्रदेशका सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिनुभयो ।