३० श्रावण २०८३, शनिबार
,
Latest
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पताल अछाममा कम्बल वितरण



oplus_2
अ+ अ-

अछाम । स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ । जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जानकारी दिनुभयो ।

चिसो बढ्दै गइरहेकाले बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने भन्दै अस्पतालमा भर्ना भएका बिरामीको सहजताका लागि कम्बल वितरण गरिएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारी जानकारी दिनुभयो ।

कम्बल हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले जाडोयाममा बिरामीको शारीरिक अवस्थालाई मध्यनजर गरी कम्बल वितरण गरी परोपकारी काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

पछिल्लो समय जिल्ला अस्पतालमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह भइरहेको भन्दै बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्ला अस्पताकाबारेमा मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य क्षेत्रका समस्या समाधानमा आफू निरन्तर लागिपरेको उहाँले बताउनुभयो ।

पहाडी जिल्लाका नागरिकको स्वास्थ्यमाथि ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकको आवश्यकता महसुस गरिएको बताउँदै मन्त्री खड्काले प्रदेशका सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिनुभयो ।