२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी ब्यारेजमा ५६ वर्षयताकै बढी पानी



अ+ अ-

काठमाडौँ । सप्तकोशीमा बाँध निर्माण भएयता दोस्रो ठूलो बाढी मापन गरिएको छ ।

सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजमा सन् १९६८ (२०२५ साल)मा अत्याधिक बाढी मापन भएको थियो ।

त्यसयता आइतबार बिहान अत्याधिक बाढीको बहाव मापन भएको थियो । आइतबार बिहानपछि भने पानीको मात्रा घट्न थालेको छ ।

आइतबार बिहान कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ६१ हजार ०५ क्युसेक मापन भएको थियो ।

सन् १९६८ अक्टोबर ५ (२०२५ असोज २० गते) कोशीमा ७ लाख ८८ हजार २०० क्युसेक बहाव मापन भएको रेकर्ड थियो ।

जोखिम कायमै रहेका कारण ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारीसाधन र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ ।