२२ मंसिर २०८२, सोमबार
,
Latest
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्मेर चम्किँदा चेल्सीको सानदार जित, लिभरपुलले वल्भ्सलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनमाथि ४–२ गोलको जित निकालेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन सबै गोल कोल पाल्मेरले गरे । रोचक कुरा उनले सबै गोल पहिलो हाफमै गरेका थिए ।

खेलको २१ औं, २८ औं (पेनाल्टी), ३१ औं र ४१ औं मिनेटमा गोल गरेका थिए । यता, ७ औं मिनेटमा ब्राइटनका जर्जिनिओ रुटेरले र ३४ औं मिनेटमा कार्लोस बालेवाले गोल फर्काएपनि सान्त्वना गोल मात्रै भयो ।

जितसँगै चेल्सी ६ खेलबाट १३ अंकसहित चौंथो स्थानमा छ । ब्राइटन ९ अंकका साथ आठौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा लिभरपुलले वल्भ्सलाई २–१ गोलले पराजित गर्यो । लिभरपुललाई जित दिलाउन इब्राहिम कोनाटेले र मोहम्मद सलाहले गोल गरे । वल्भ्सका रायन अइत नोउरीले एक गोल फर्काए ।

जितसँगै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । वल्भ्स १ अंकका साथ तालिकाको पुछारमा छ ।