६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्मेर चम्किँदा चेल्सीको सानदार जित, लिभरपुलले वल्भ्सलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनमाथि ४–२ गोलको जित निकालेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन सबै गोल कोल पाल्मेरले गरे । रोचक कुरा उनले सबै गोल पहिलो हाफमै गरेका थिए ।

खेलको २१ औं, २८ औं (पेनाल्टी), ३१ औं र ४१ औं मिनेटमा गोल गरेका थिए । यता, ७ औं मिनेटमा ब्राइटनका जर्जिनिओ रुटेरले र ३४ औं मिनेटमा कार्लोस बालेवाले गोल फर्काएपनि सान्त्वना गोल मात्रै भयो ।

जितसँगै चेल्सी ६ खेलबाट १३ अंकसहित चौंथो स्थानमा छ । ब्राइटन ९ अंकका साथ आठौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा लिभरपुलले वल्भ्सलाई २–१ गोलले पराजित गर्यो । लिभरपुललाई जित दिलाउन इब्राहिम कोनाटेले र मोहम्मद सलाहले गोल गरे । वल्भ्सका रायन अइत नोउरीले एक गोल फर्काए ।

जितसँगै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । वल्भ्स १ अंकका साथ तालिकाको पुछारमा छ ।