१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम



अ+ अ-

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । ग्यास बुलेट च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय अगाडि अड्किएर बसेको छ ।

हनुमन्ते खोलाले भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट बाढीमा बग्दै गर्दा लिकसमेत भएको छ ।

ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीय त्रसित बनेका छन् । बुलेट अड्किएको स्थानमा कडा गन्धसमेत आइरहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रहरी टोली अहिलेसम्म घटनास्थलमा पुगेको छैन । थप विवरण आउनसमेत बाँकी छ ।