१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध



अ+ अ-

काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन र पृथ्वी राजमार्गका कयौं ठाउँमा पहिरो गएको छ । यातायात पूर्णरुपमा अबद्ध भएको छ ।

पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ । पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदी र काठमाडौँ नजिकै त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ ।

राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनु भएको छ । वर्षाताका कारण धादिङका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । त्रिसूली, आँखु, बुढीगण्डकी लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

पहिरोले राजमार्गहरु अबरुद्ध भएपछि हजारौं यात्रुको विचल्ली भएको छ ।