१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध



अ+ अ-

काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन र पृथ्वी राजमार्गका कयौं ठाउँमा पहिरो गएको छ । यातायात पूर्णरुपमा अबद्ध भएको छ ।

पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो आएको छ । पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सञ्चालन हुने अवस्था छैन ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदी र काठमाडौँ नजिकै त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ ।

राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनु भएको छ । वर्षाताका कारण धादिङका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । त्रिसूली, आँखु, बुढीगण्डकी लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

पहिरोले राजमार्गहरु अबरुद्ध भएपछि हजारौं यात्रुको विचल्ली भएको छ ।