११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु



अ+ अ-

भक्तपुर । धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नं ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो ।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन् । गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् । थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताउनुभयो ।

विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक हस्तान्तरण

साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटी भञ्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ । संस्थाले  विद्यालयलाई कूल एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएकाले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रदान गरिएको बताउनुभयो । पुस्तक लिँदै विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले ठूलो थकनी माध्यमिक विद्यालयमा अझै पुस्तकालय स्थापना गर्न नसकेको अवस्थामा यस संस्थाले दिएका पुस्तकबाट पुस्तकालय स्थापना गर्न सहयोग पुगेको बताउनुभयो । रासस