१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग

विज्ञ भन्छन्ः नदी जलाधार क्षेत्रमा उच्च शतर्कता अपनाऔँ, जोखिमयुक्त सडक सञ्चालनमा रोक लगाऔँ

बिहीवार दिउँसोदेखि देशैभर भारी वर्षा हुने

विज्ञ भन्छन्ः नदी जलाधार क्षेत्रमा उच्च शतर्कता अपनाऔँ, जोखिमयुक्त सडक सञ्चालनमा रोक लगाऔँ
अ अ+ अ-

काठमाडौँ । देशभर अस्वभावीक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा शतर्कता (फोर्स इभ्याकुएसन) अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्युनचापिय प्रणालीको प्रभावको कारण बिहीवार दिउँसोदेखि आईतवारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षा सम्बन्धी जानकारी आफ्नो वेबसाईटमा राखिसकेको छ । वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षा भन्दा फरक चरित्रको रहेको भन्दै उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटिय क्षेत्र र आसपासका राजमार्गमा पनि फोर्स इभ्याकुएसन (सरकारी निकायले हानी नोक्शानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था) सम्म गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत र शतर्क रहन विज्ञले सुझाव दिएका छन् ।

साथै धान भित्र्याउने समय पनि भएकाले काटिसकेको धान बिहीबार दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आईतवारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिएका छन् ।

त्यसैगरी अत्यावश्यक बाहेकको लामो यात्रा नगर्न पनी विज्ञले सुझाव दिएका छन् । वर्षाको प्रकृति र पूर्वशतर्कताबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानी नोक्शानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधरण पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘बंगालको खाडीमा उत्पन्न भएको पानी पार्ने प्रणाली उत्तरतिर सर्दै आएको छ । यो कोशी प्रदेशबाट सक्रिय हुने देखिन्छ । कोशी प्रदेशमा बिहीवार दिउँसोदेखि वर्षा हुने र शुक्रवारको बिहानदेखि पूर्वदेखि काठमाडौं हुदै गण्डकी, लुम्बिनी कर्णाली हुदै सुदूरपश्चिमसम्म पुग्ने देखिन्छ । अनि यो फेरि आईतवार फर्केर लुम्बिनी प्रदेशमा मात्रै केन्द्रित हुने देखिन्छ ।

केही स्थानमा मेघ गर्जन सहितको मुसलधारे वर्षा हुने देखिन्छ । धान भित्र्याउने समयमा ठूलो वर्षा हुने अवस्था भएकाले धान काटिसकेको भए भित्र्याउने र बाँकी धान खेतीहरु आईतवारसम्म नकाटेर हामीले धान खेतिको क्षति कम गर्नसक्छौँ ।’

मौसम विज्ञान विभागले ५६ वटा जिल्लामा वर्षाको रेड अर्लड जारी गरेको छ । भारी वर्षाले बाढी, पहिरो र डुबान हुने भएकाले सम्बन्धी निकाय संगै आम नागरिक पनि सचेत हुनुपर्ने अवस्था छ ।

जमिनमा पानीको मात्रा (सेचुरेसन) पुगिसकेको अवस्थामा ठूलो पानी पर्यो भने ठूलो पहिरो जानसक्ने,त्यसले नदी थुनिन सक्ने, ड्याम बन्नसक्ने र ड्याम फुट्दा तल्लो तटिय क्षेत्रमा असर पुग्नसक्छ । जल तथा मौसम विज्ञान विभागसँग १०÷१० मिनेटमा कुन ठाउँमा कति पानी प¥यो भन्ने तथ्यांक हुन्छ । यदि लगातार ६ घण्टामा पानीको मात्रा बढ्दै गयो भने नदी तटिय क्षेत्रमा फोर्स इभ्याकुएन (सरकारी निकायले हानी नोक्शानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था) गर्नुपर्ने अवस्था पनि आउनसक्छ । ’

जल तथा मौसम विज्ञान विभागका अनुसार, एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १ सय मिलिमिटर, १२ घण्टामा १ सय २० मिलिमिटर र २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।