६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा नयाँ रेर्कड, बिहिबार ६ अर्ब भन्दा बढीको कारोबार भएर नेप्से परिसूचक ३६ दशमलव ३२ अंकमा



symbolic picture
अ+ अ-

काठमाडौं । बिहीबार शेयर कारोबार रकमले नयाँ रेर्कड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च कारोबार रू ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रकम भएको छ । यस अघि वि.सं २०७६ साल फागुन १८ गते रू ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजारको शेयर कारोबार भएको थियो । बिहीबार कारोबार रकमले ऐतिहासिक रेकर्ड तोड्दा नेप्से परिसूचक पनि ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७७८ दशमलव १२ विन्दुमा पुगेको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९८ अंक बढेर ३४३ दशमलव शून्य ७ विन्दुमा पुगेको छ ।

कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस दिन उक्त  कम्पनीको रू ४१ करोड ८ लाख ४५ हजार बराबरको शेयर कारोबार भएको हो । उच्च अंकले बढेको बिहीवारको बजारमा ३२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यो दिन मेगा बैंकको संस्थापक शेयरको मूल्य सबैभन्दा बढी ३ दशमलव १७ प्रतिशतले घटेको छ । यो दिन तारागाउँ रिजेन्सी होटल र युनिलिभरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने १३ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वद्धि भएको छ । यस दिन ९ प्रतिशतभन्दा बढीले शेयरमूल्य बढ्ने कम्पनीहरुमा बोटलर्स नेपाल तराई , हिमालयन डिष्टिलरी, विशाल बजार कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पोरेशन, सोल्टी होटल , एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट, सानिमा जनरल इन्स्योरेन्स , हिमालयन जनरल इन्स्योरेन्स, ओरियण्टल होटल, गोर्खाज फाइनान्स र गुडवील फाइनान्स रहेका छन् ।

बिहीबार कारोबारमा आएका १२ ओटै समुहको परिसूचक बढेको छ । यस दिन व्यापारिक समुहको परिसूचक सर्वाधिक ९ दशमलव ९४ प्रतिशत बढेको हो । त्यस्तै होटल समुहको ९ दशमलव ३८ प्रतिशत, बैंकिङ्कको शून्य दशमलव २१ प्रतिशत, विकास बैंकको १ दशमलव ४ प्रतिशत, जलविद्युतको १ दशमलव ५२ प्रतिशत, वित्तको १ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ३३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ६४ प्रतिशत, अन्यको ४ दशमलव ४३ प्रतिशत, लघुवित्तको १ दशमलव ७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको हो ।