२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे



अ+ अ-

एजेन्सी । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार देशको संसद विघटन गरेका छन् । यो आदेश आज राति १२ बजेदेखि लागू हुनेछ । उनले नोभेम्बर १४ मा निर्वाचन गर्ने घोषणा पनि गरेका छन् ।

संसदको कार्यकाल अगस्ट २०२५ सम्म थियो । तर अनुरा दिसानायकेले चुनावी प्रचारका क्रममा ४५ दिनभित्र संसद विघटन गर्ने वाचा गरेकाले ११ महिनाअघि नै विघटन गर्ने निर्णय गरिएको हो । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर २१ मा संसदको बैठक बोलाउने बताए ।

श्रीलंकाको संसदमा कुल २२५ सीटहरू छन् । तर, अनुरा कुमारा दिसानायकेको गठबन्धन नेशनल पिपुल्स पार्टीसँग आफ्नो नीति कार्यान्वयन गर्न संसदमा बहुमत सांसद हुनु जरुरी छ । त्यसैले उनले संसद विघटन गर्ने निर्णय गरे ।

श्रीलंकामा पनि हरेक पाँच वर्षमा संसदीय चुनाव हुन्छ । पछिल्लो चुनाव २०२० मा भएको थियो ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । मंगलबार उनले पद तथा गोपनियताको सपथ लिइन् । पहिलो पटक सांसद बनेकी हरिणी श्रीलंकाकी तेस्रो महिला प्रधानमन्त्री हुन् ।