१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट

वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौ—वन तथा वातावरण ऐनबहादुर शाही ठकुरी संग रोयल गभरमेन्ट अफ भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्री जेम छिरिंग सित शिष्टचार भेटवार्ता भएको छ ।

मंगलबार दिउसो मन्त्रालय भएको उक्त भेटवार्तामा नेपाल भुटानको परापुर्वकाल देखिको घनिष्ट सम्बन्ध अझ प्रगाढ बनाउने बिषयमा छलफल भएको निजी सचिवालयले जानकारी गराएको छ ।

सोही भेटवार्तामा नेपाल र भुटानको धार्मिक सास्कृति सामाजिक आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउने बारेमा कुराकानी भएको छ । भेटघाटले हाम्रो दुईपक्षिय र क्षेत्रिय सम्बन्ध अझ बिस्तार हुने वनमन्त्री शाहीले बताउनु भयो । मन्त्री शाहीले भने भुटानले पछिल्लो समयमा जलबिद्युत उर्जा प्राकृति श्रोतको संरक्षण र पर्यटकिय क्षेत्रमा उल्लेखनिय उपलब्ध हासिल भएको छ । जैबिक खेती नगदे, रैथाने बालीको संरक्षणमा भुटान उदहारणीय मुलुक बनेको मन्त्रीको भनाई रहेको छ ।

भेटवार्तामा वनमन्त्रीले भने हामी सार्कमा आबद्ध छौ, पर्वतीय क्षेत्रका मुद्दा हाम्रो साझा अवधारणा छ । नेपाल र भुटानले पर्यापर्यटन जलबिद्युत पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रेै सहकार्य गर्ने सक्ने सम्भावना रहेको मन्त्रीले बताए । दिगो वन ब्याबस्थापन गर्ने र प्राकृति श्रोतमा नागरिकको अधिकारी सुनिश्चित गर्दै जादा हाम्रो संरक्षण प्रयास सफल बन्दै गएको उहाको भनाई छ ।

नेपाल र भुटानले धेरै अन्तराष्टिय एजेण्डा र मुद्दाहरुमा समान धारणा राख्ने भएकोले संयु््क्त राष्ट्रसंघ असंग्लन आन्दोलन र अन्य अन्तराष्ट्रिय मञ्चहरुमा दुबै देशले शान्ति सुरक्षा र बिकासका लागि सक्रिय भुमिका निर्बाह गर्दै आएको मन्त्री शाहीले बताउनु भयो ।

मन्त्री शाहीका अनुसार दुई देश बीच जैबिक बिबिधता संरक्षण वन्यजन्तु संरक्षण एव ब्याबस्थापन वातावरण सुधार दिगो बिकासका क्षेत्रमा रणनैतिक सहकार्य अझ बलियो हुने आसा गरिएको छ ।

नेपालकोे हरित गृह ग्यॉस उत्सर्जनमा अत्यन्तै न्युन योगदान रहेता पनि जलवायु परिर्वतनको सबै भन्दा बढी असर भोग्ने राष्ट मध्ये नेपाल पर्ने गरेको मन्त्रीको भनाई रहेको छ । कोप सम्मेलन नेपाल र भुटानको दुई पक्षिय साझा एजेण्डा प्रस्तुत हुनु पर्ने भुटानका मन्त्रीले भने हिमालको हिउ जलवायु परिर्वतनले पग्लिरहेको छ ।