४ भाद्र २०८३, बिहीबार
,
Latest
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उसु टोली सिक्किम जाने



अ+ अ-

काठमाडौं: सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाईट्स फाइटमा सहभागी हुन मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली बैशाख २ गते भारतको सिक्किमस्थित ग्याङटोक प्रस्थान गर्ने भएको छ ।

सिक्किम एमेच्योर उसु संघको मार्सल आर्ट्स अर्गनाइजेसन नेपाल प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजिव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसंग सिक्किम जाने छन् । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले खेलाडीहरुलाई पदक जितेर आउन शुभकामना दिदै उसु खेलको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मेयर डंगोलले टोलीलाई व्यक्तिगत रुपमा ट्रयाकसुट प्रदान गरेको प्रशिक्षक महर्जनले जनाएका छन् ।