८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौ—वन तथा वातावरण ऐनबहादुर शाही ठकुरी संग रोयल गभरमेन्ट अफ भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्री जेम छिरिंग सित शिष्टचार भेटवार्ता भएको छ ।

मंगलबार दिउसो मन्त्रालय भएको उक्त भेटवार्तामा नेपाल भुटानको परापुर्वकाल देखिको घनिष्ट सम्बन्ध अझ प्रगाढ बनाउने बिषयमा छलफल भएको निजी सचिवालयले जानकारी गराएको छ ।

सोही भेटवार्तामा नेपाल र भुटानको धार्मिक सास्कृति सामाजिक आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउने बारेमा कुराकानी भएको छ । भेटघाटले हाम्रो दुईपक्षिय र क्षेत्रिय सम्बन्ध अझ बिस्तार हुने वनमन्त्री शाहीले बताउनु भयो । मन्त्री शाहीले भने भुटानले पछिल्लो समयमा जलबिद्युत उर्जा प्राकृति श्रोतको संरक्षण र पर्यटकिय क्षेत्रमा उल्लेखनिय उपलब्ध हासिल भएको छ । जैबिक खेती नगदे, रैथाने बालीको संरक्षणमा भुटान उदहारणीय मुलुक बनेको मन्त्रीको भनाई रहेको छ ।

भेटवार्तामा वनमन्त्रीले भने हामी सार्कमा आबद्ध छौ, पर्वतीय क्षेत्रका मुद्दा हाम्रो साझा अवधारणा छ । नेपाल र भुटानले पर्यापर्यटन जलबिद्युत पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रेै सहकार्य गर्ने सक्ने सम्भावना रहेको मन्त्रीले बताए । दिगो वन ब्याबस्थापन गर्ने र प्राकृति श्रोतमा नागरिकको अधिकारी सुनिश्चित गर्दै जादा हाम्रो संरक्षण प्रयास सफल बन्दै गएको उहाको भनाई छ ।

नेपाल र भुटानले धेरै अन्तराष्टिय एजेण्डा र मुद्दाहरुमा समान धारणा राख्ने भएकोले संयु््क्त राष्ट्रसंघ असंग्लन आन्दोलन र अन्य अन्तराष्ट्रिय मञ्चहरुमा दुबै देशले शान्ति सुरक्षा र बिकासका लागि सक्रिय भुमिका निर्बाह गर्दै आएको मन्त्री शाहीले बताउनु भयो ।

मन्त्री शाहीका अनुसार दुई देश बीच जैबिक बिबिधता संरक्षण वन्यजन्तु संरक्षण एव ब्याबस्थापन वातावरण सुधार दिगो बिकासका क्षेत्रमा रणनैतिक सहकार्य अझ बलियो हुने आसा गरिएको छ ।

नेपालकोे हरित गृह ग्यॉस उत्सर्जनमा अत्यन्तै न्युन योगदान रहेता पनि जलवायु परिर्वतनको सबै भन्दा बढी असर भोग्ने राष्ट मध्ये नेपाल पर्ने गरेको मन्त्रीको भनाई रहेको छ । कोप सम्मेलन नेपाल र भुटानको दुई पक्षिय साझा एजेण्डा प्रस्तुत हुनु पर्ने भुटानका मन्त्रीले भने हिमालको हिउ जलवायु परिर्वतनले पग्लिरहेको छ ।