१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
अ अ+ अ-

कास्की। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोमभित्र सोमबार अपराह्न चहलपहल थियो । कोही चामलका बोरा बोकेर आइरहेका थिए भने कोही स्कुटर र गाडीमा आएर सामानका पोका झार्दै फर्कदै गरिरहेका थिए ।

नीलो कुर्था र सेतो सुरुवाल लगाएका महिला भ्यानबाट ओर्लेर धमाधम सामान झार्न थाले । महानगर प्रहरीले उनीहरुलाई सघाइरहेका थिए । उनीहरु थिए पोखरा–१५ नयाँगाउँस्थित बगैँचा मन्टेश्वरीका शिक्षक तथा कर्मचारी ।

भोटेकोशी बाढीपीडितका लागि खाद्यान्न तथा अन्य राहत सामग्री लिएर शिक्षक कर्मचारी त्यहाँ पुगेका थिए । उनीहरूले करिब रु ३५ हजार बराबरको चामल, गेडागुडी, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न बाढी पीडितका लागि ल्याएका थिए ।

विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पु¥याएपछि पोखरामा पनि त्यसको पीडा महसुस हुन थालेको छ । बाढीले ठूलो मानवीय क्षति भयो भने कैयौँ पुल सडकलगायत संरचना बगे । विद्यालयसमेत बगाउँदा विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित बने ।

“देशको एउटा कुनामा हाम्रा धेरै साथी बाढीबाट पीडित हुनुहुन्छ । हामी सुरक्षित स्थानमा बसेर हेरिरहन सकेनौँ । त्यसैले आफ्नो ठाउँबाट जे सक्छौँ, त्यही सहयोग गर्ने कोसिस गरेका हौँ”, बगैँचा मन्टेश्वरी प्रि स्कुलका संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले भन्नुभयो । विपद्का बेला पीडितलाई सहयोग गर्नु मानवीय दायित्व भएको उहाँको भनाइ छ ।

विपद्मा परेकालाई सहयोग गर्न पोखरेली सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानले आफूले सकेको राहत सामग्री लिएर प्रदर्शनी केन्द्र पुग्न थालेका छन् । त्यसका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमासमेत रकम जम्मा भइरहेको छ ।

पोखरा नयाँबजारका गणेश शाही पनि बाढी प्रभावितका लागि कपडा, भाँडाकुँडालगायत सामग्री लिएर आउनुभएको थियो । प्रभावित क्षेत्रको क्षति असाध्यै ठूलो रहेकाले आफूहरुको सहयोग सामान्य भए पनि पीडामा साथ दिनुपर्छ भन्ने भावना राखिएको शाहीले बताउनुभयो ।

“मरेर जाने त गए तर बाँचेकाहरु झन् बढी समस्यामा परेको देखेका छौँ । उनीहरुलाई आफूले सकेको सहयोग गराँै भनेर आएका हौँ । त्यहाँको क्षति हेर्दा हाम्रो सहयोग केही पनि होइन तर पीडामा केही न केही नगरिकन मन मानेन”, शाहीले भन्नुभयो ।

रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राहत सङ्कलन केन्द्र स्थापना गरेको छ ।  महानगरले यही भदौ १४ गतेदेखि राहत सहयोग अभियान सञ्चालन गरिरहेको छ । यो अभियान भदौ १८ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।

अभियानमा खाद्यान्न, लत्ताकपडा, बन्दोबस्तीका सामग्री, औषधिलगायत आवश्यक सामग्री सङ्कलन भइरहेको छ । महानगरले इच्छुक व्यक्ति, सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई राहत सामग्री उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ ।

केन्द्रमा सङ्कलन भएका राहत सामग्री महानगर प्रहरी बलको पृथ्वीचोकस्थित कार्यालयमा जम्मा गरिएको छ । त्यहाँबाट राहत सामग्री आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्न राहत सङ्कलन अभियान सुरु गरेका छौँ । सक्दो सहयोग गर्न नगरवासीमा आह्वान गरेका छौँ । सहयोग जुटिरहेको छ । नागरिकले स्वतःस्फूर्त रूपमा उपलब्ध गराइदिनुभएको छ । हामी सङ्कलित राहत सामग्री प्रभावित क्षेत्रमा छिट्टै पु¥याउने छौँ ।”

महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरिसकेको छ । त्यसैगरी अत्यावश्यक सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार र खोजीका लागि खटिएको छ ।

भोटेकोशी बाढीबाट प्रभावितका लागि पोखरेलीले राहत सामग्री मात्र नभई आर्थिक सहयोगसमेत गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यहाँका सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, विद्यालय तथा व्यापारिक प्रतिष्ठानले स्वःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् ।
—