२४ मंसिर २०८२, बुधबार
,
Latest
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको कसुरमा निलम्बित न्यायाधीश गिरीले पाए सफाइ



अ+ अ-

काठमाडौं । बलात्कारको कसुरमा जेलमा रहेका न्यायाधीश भुवन गिरीले सफाइ पाउनु भएको छ ।

आइतबार उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै गिरीलाई सफाइ दिएको हो ।

यो पनि पढ्नुहोस- निलम्बित न्यायाधीश भुवन र उनकी पत्नी आरती बिच सम्बन्ध बिच्छेद हुने बाँके अदालतको फैसला

सम्बन्ध विच्छेदको मुद्दा दायर भइसकेकी श्रीमतीमाथि बलात्कार गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्नुभएको थियो ।

यो पनि पढ्नु होस –डिल्लीबजार कारागारबाट निलम्वित न्यायाधीश भुवन गिरीको बकपत्र

न्यायाधीश गिरीमाथि आफ्नै कान्छी श्रीमतीले जबरजस्ती करणीको मुद्दा दायर गराउनु भएको थियो । यसअ अघि जिल्ला अदालत बाँकेले आरती रावल र न्यायाधीश भुवन गिरी बिच सम्बन्ध विच्छेद हुने फैसला गरेको थियो।उच्च अदालतले सफाइ दिने फैसला पछि न्यायाधीश गिरी थुनामुक्त हुने भएका छन् । गिरी हाल डिल्लीबजार कारागारमा रहनु भएको छ ।