३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल बैंकको १९२ औं शाखा अब दाङको लमहीमा

नेपाल बैंकको १९२ औं शाखा अब दाङको  लमहीमा
अ+ अ-

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औँ वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२ औं शाखाको उद्घाटन भएको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । यो सँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी व्यवसाय कर्जाको सुरुवात गरेको जानकारी दिनुभयो । बार्षिक ६ दशमलव ९९ प्रतिशत मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी व्यवसाय कर्जाको सिमा १० करोड सम्मको रहेको, व्यवसाय दर्ता भएको छ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १०० प्रतिशतसम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिशत सम्म लगानी गर्नसक्ने जानकारी दिनुभयो  । ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै बैंकले अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदान गर्दै आईरहेको छ । यसका अतिरिक्त अधिकारीले दाङ जिल्लामा बैंकको शाखा संजाल बिस्तार गर्न आफुसमेत लागिपरेको र अत्याधुनिक बैंकिङ सेवाहरु, बिभिन्न प्रकारका कर्जाहरु, एल.सी. तथा ग्यारेण्टी सुबिधाहरु, एटिएम, डिजिटल बैंकिङ सेवाहरु आदी प्रतिस्पर्धि एंव नेपालको बैकिङ ईण्डस्ट्रीमै सस्तो दररेटमा उपलब्ध गराउने प्रतिबद्धता  व्यक्त गरेको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि लमही नगर पालिकाका प्रमुख (मेयर)  कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापना हुनु लमहीबासीहरुको गर्वको कुरा भएको, यस शाखाको संचालनले विभिन्न कार्यका लागि ने.बे.लि. को घोराही शाखासम्म पुग्नुपर्ने अबस्थाको अन्त्यहुने बताउनुभयो । यसले नगरबासीहरुको तथा देउखुरी क्षेत्रका बिभिन्न कार्यालयहरु, कर्मचारीहरु, कर्जा ग्राहकहरु, बिद्यालयहरु आदीको ठूलो श्रम तथा समयको बचत हुने, लमही नगरपालिकाले बिभिन्न सहकार्य गर्दै जाने र सहुलियतपूर्ण कर्जाहरु यसै बैंकको माध्यमबाट उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिनुभयो । नेपाल बैंकद्वारा प्रतिस्पर्धी, छिटोछरितो सेवाप्रवाह, ग्राहक मैत्री वातावरण लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बारेमा पनि उनले जोड दिनुभयो।

बैंकका लमही शाखाका शाखा प्रबन्धक नोर्बु लामाको सभापतित्वमा आयोजित उक्त कार्यक्रम बैंकका तुल्सीपुर शाखाका शाखाप्रबन्धक बिश्वराज अधिकारीले गर्नु भएको थियो भने बैंकका सिसहनिया शाखाका शाखाप्रबन्धक प्रशन्न धितालले स्वागत मन्तव्य राख्नु भएको थियो । नेपाल बैकका लुम्विनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ्ग दोर्जे शेर्पाले बैंकका नयाँ प्रडक्टहरुको बारेमा जानकारी गराउँदै छिटो छरितो रुपमा गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रण गर्नुभयो । उक्त कार्यक्रममा लमहीका उद्योगी र व्यवसायी नारायण डाँगी (छम्पाली), लमही उ.वा.संघका पूर्व अध्यक्षतथा राप्ती फिड ईण्डस्ट्रीज प्रा.लि. का अध्यक्ष लिलाराज खनाल, खानेपानी संस्था लमहीका सचिव सनम पौडेल, लमही न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिम बहादुर के.सी. लगायतका वक्ताहरुले आ-आफ्नो बिचार राख्दै लमही शाखाले उत्कृष्ट सेवाप्रदान गरी नगरबासीहरुलाई सम्पूर्ण प्रकारका बैंकिङ सेवाहरु प्राप्त गर्ने अवसर मिल्ने अपेक्षा प्रकट गर्नुभयो।