७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु ६५औँ साक्षर जिल्ला



अ+ अ-

मुगु । विकट हिमाली जिल्ला मुगुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाले सामुहिक रुपमा घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

“हिजोका दिनमा गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो । अब त्यो अवस्था छैन, आज सबै पढ्न सक्ने भएका छन्”, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष विष्णुमाया भामले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानीय तहहरुले साक्षरताको १२ सूचकमध्ये छ सूचक मात्र पूरा गरेको र बाँकी छ वटा सूचक पनि पूरा गर्न सुझाव दिनुभयो । नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर जिल्ला घोषणामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो ।

दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धीमूलककार्यमा ध्यान दिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुगु साक्षर घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १२ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विद्यालयले साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।