२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कन्सुलेट भिक्टोरियाको १२ औं वार्षिकोत्सवमा राष्ट्रिय गीत ‘चन्द्र सूर्य अंकित मेरो देश’ सार्वजनिक



अ+ अ-

काठमाडौं । भिक्टोरियाको लागि नेपाली महावाणिज्यदुत कार्यलयले आफ्नो १२ औं वार्षिकोत्सव र छठ पर्वको अवसर मिलाएर 'चन्द्र सूर्य अंकित मेरो देश' बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ । पत्रकार एवंम् साहित्यकार निरु त्रिपाठीको शब्द, वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत र नेपाल आइडल सिजन २ को प्रतियोगी तथा अहिलेको चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा उक्त गित रहेको छ । गीतको भिडियो जीवन रसाइलीले निर्देशन गरेका हुन् भने अधिकांश मेलवर्नमा नै छायाङ्घन गरिएको छ । 

गीतमा मेलवर्नकै नव कलाकारहरु समृद्धि (शाम) हाडा, राहुल गजमेर तथा समुदायको अन्य बालकलाकारहरुले पनि अभिनय गरेका छन् । महावाणिज्यूुत चन्द्र योन्जनले कार्यलयले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्धन गरिरहँदा नेपाली गीत संगीतको पनि प्रवद्धन गर्नु पर्छ भन्ने हेतुले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै उक्त देशभक्ति गीत प्रस्तुत गरेको बताएका छन् । कार्यलयले हरेक वर्ष पर्यटन प्रवद्धन गर्दै आए पनि यसपाली त्यो कोरोना महामारीले सम्भव नहुँदा संगीतबाट भएपनि देशको प्रवद्धन गरौँ भनेर उक्त राष्ट्रि गीत निकालेको उनको भनाइ रहेको छ ।

आखिर हामी संसारमा जहाँ जसरी रहेपनि मातृभूमिको माया र महत्तव सधै विषेश रहने उनको धारणा रहेको छ । महावाणिज्यदूत कार्यलयको जनसम्पर्क अधिकृत तथा सचिव समेत रहेकी गीतकार त्रीपाठीको बजारमा आएको यो दास्रो गीत हो । विदेशमा बसिरहँदा पनि स्वदेशलाई महसुस गरेर राष्ट्रिय गीत लेख्दा मनमा एकदमै आनन्द लाग्ने उनले बताईन। देश भक्तिले ओतप्रोत भएको यस गीत महावाणिज्यदूत कार्यलयले आफ्नो देश नेपाल विश्वको हरेक कुनामा बस्ने नेपालीहरु र नेपाललाई माया गर्ने सबै शुभचिन्तकहरु प्रति समर्पित गरेको छ ।