७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित छविलाल जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश नेप्से परिसूचक ५९ अङ्कले घट्यो करण जोहरले कोल्डप्ले कन्सर्टको टिकट पाएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु



अ+ अ-

काठमाडौँ । मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु भएको छ ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु)गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको हो ।

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलवार जितिया व्रत र असोज ९ गते बुधवार साँझ ५:१५ बजे जितिया व्रत पारण उल्लेख गरिएको छ । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा ९नुहाएर खाने० विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलवार बिहान ४ बजेदेखि मङ्गलवारको दिनभरि र रातभरि तथा बुधवार दिनभर उपवास बस्नुपर्ने छ । बुधवारकै दिन साँझ ५:१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ । व्रतालुहरुले जितिया पर्वको शुभकामना दिँदै आफ्ना बालबालिकाहरुको दीर्घ जीवनको कामना गरिने बताए ।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ ।