११ असार २०८३, बिहीबार
,
Latest
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपरेसन हनी : गुणस्तरहीन मह विक्री गर्ने एक पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी, महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह बिक्री गर्ने नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेशबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा यही माघ ६ गते महाशाखाको विशेष टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा मह बनाउनका लागि प्रयोग गरिने विभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन  तयारी तथा कच्चा मह समेत बरामद गरी निजलाई श्रेष्ठलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

महाशाखाले प्रारम्भिक अनुसन्धानपश्चात अनुसन्धान कारवाहीका लागि सिन्धुपाल्चोक इन्द्रावती–६ घर भई हाल ज्याठा बस्ने श्रेष्ठलाई महानगरीय प्रहरी परिसर टेकु पठाएको छ । 

विगत सात वर्ष अगाडिदेखि निजकी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री विततरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

महाशाखाले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा नक्कली एवं गुणस्तरहीन मह बिक्री वितरण भइरहेको पाएएकाले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्तामा अपिल गरेको छ ।