११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष मानन्धरको निधन



अ+ अ-

काठमाडौँ । पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । 

राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले राससलाई जानकारी दिनुभयो । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उहाँ संस्थापक सञ्चालकका रुपमा रहनुभएको थियो ।

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उहाँ एक जना मात्र जीवित हुनुहुन्थ्यो । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आउनुभएको थियो । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उहाँ त्यसको संस्थापक सञ्चालक बन्नुभएको हो । व्यवसायका साथै उहाँ नेकपा एमालेको राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गर्नुभएको थियो । 

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उहाँको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।