६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको सहज जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले स्पान्योललाई ४–१ गोलले हराएको हो ।

घरेलु टोलिलाई फराकिलो जित दिलाउन ड्यानी कार्भाहाल, रोड्रिगो, भिनिसियस जुनियर र किलियन एम्बाप्पे (पेनाल्टी)ले एक–एक गोल गरे । यता, रियलकै गोलकिपर कोर्तुआले आत्मघाती गोल गरेपछि स्पान्योलले एक गोल पाएको थियो ।

५४ औं मिनेटमा जोफ्रे कारेरासले क्रस गरेको बल कोर्तुआको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । यसै गोलबाट स्पान्योलले सुरुवाती अग्रता बनाएको थियो ।

तर, ५८ औं मिनेटमा कार्भाहाल, ७५ औं मिनेटमा रोड्रिगो, ७८ औं मिनेटमा भिनिसियस र ९० औं मिनेटमा पेनाल्टीमार्फत एम्बाप्पेले गोल गर्दै रियललाई जित दिलाए ।

जितसँगै रियल ६ खेलबाट १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने स्पान्योल ७ अंकका साथ १३ औं स्थानमा छ ।