३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन आइतबार ३०.७९ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



symbolic picture
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव ७९ अंकले बढेर १ हजार ८०८ दशमलव ९२ विन्दुमा पुगेको छ । १ हजार ७९१ दशमलव २२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ७३ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको १६ हजार ६७२ पटकको कारोबारमा ३५ लाख ३४ हजार ३२२ कित्ता शेयरको रू. १ अर्ब ७८ करोड ८३ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव २१ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. २४९ कायम भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, होटल्स, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव ९४ प्रतिशतले बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार १६५ मा कारोबार भइरहेको छ ।




भर्खरै