२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको १५ बुँदे माग पूरा गराउन ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुको १५ बुँदे माग पूरा गर्न ध्यानाकर्षण गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडामार्फत स्वास्थ्यकर्मी सङ्घले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तुरुन्त उपलब्ध गराउन माग गरिएको छ । सेवा सुविधा उपलब्ध नगराउने संस्थालाई कारवाहीको माग पनि गरिएको छ । 

त्यस्तै सङ्क्रमित स्वास्थ्यकर्मीको निःशुल्क उपचारको व्यवस्था गराउनुपर्ने, सम्पूर्ण स्वास्थ्यकर्मी र अग्रस्थानमा खटिने कर्मचारीको यथाशीघ्र बीमाको व्यवस्था गराउनुपर्ने, करारमा नियुक्ति भई निरन्तर काम गरिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्ने, जनस्वास्थ्य मापदण्ड अपनाउने कार्यमा कडाइका साथ लागु गर्नुपर्ने लगायत माग राखिएका छन् ।