३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ । आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।

नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारीबाहेक) हुँदै आएको छ । बुधवार संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लव र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिष्पर्धा हुनेछन् ।

संघले यस प्रतियोगिताबाट नेपाली पौडी खेलाडीको वृत्ति विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगाडि आफूलाई प्रमाणित गर्ने अवसरसमेत रहेको विश्वास लिएको छ । यस प्रतियोगितामार्पmत नयाँ प्रतिभाको प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल र उमेरसमूहमा पौडी खेलको पहुँच लगायत अपेक्षा गरिएको छ । उत्कृष्ट प्रदर्शनसँगै खेलाडीको नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्ने आशा संघले लिएको छ । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने भएको छ ।

एक सेकेण्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेण्डदेखि तीन सेकेण्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेण्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ ।

नेपाल पौडी संघले आयोजना गर्ने प्रत्येक प्रतियोगितामा एक जना ओलम्पियनलाई क्रमश: नगदसहित सम्मान गर्ने शुरुवात गरिने भएको छ । यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए । कार्यक्रममा संघका महासचिव ईश्वर कार्की र सचिव गंगा गोलेलगायत उपस्थित थिए । संघका अध्यक्षले पदाधिकारीबीच भएको आन्तरिक समस्याले खेलाडीको प्रतियोगितामा कुनैपनि समस्या नहुने स्पष्ट पारेका छन् ।