६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार शेयर बजार पहिलो घण्टामा १.११ अंकले ओरालो, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । सोमबार नेप्से कारोबारको पहिलो घण्टामा परिसूचक १ दशमलव ११ अंकले ओरालो लागेको छ । १ हजार ७८९ दशमलव ३६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ६ प्रतिशत घटेर १ हजार ७८१ दशमलव ७० विन्दुमा पुगेको छ । पहिलो घण्टाको अवधिमा १८८ ओटा कम्पनीको रू. १ अर्ब १४ करोड ९८ लाख बराबरको २५ लाख ५६ हजार ११२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार ११ हजार ५२१ पटकको व्यापारमा भएको हो ।  

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.१ हजार १३३ मा कारोबार भइरहेको छ ।