३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार सबै राजनीतिक पार्टीहरुसँग सहकार्य गरेर अघि बढ्न चाहन्छ: मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो । नेपाल पर्वतारोहण संघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि काँग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरुले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताउनु भयो । सबै दलहरुले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी र नेकपा (एमाले) एक ठाउँमा उभिनुको पछाडि यो स्वभाविकता र सहजता छैन । किन छैन भने दुई वटा पार्टी मूल प्रतिष्पर्धी पार्टीहरु हुन् । तर हामीले देशको जुन अपm्ठ्यारो देख्यौं । देशको जुन खालको जटिलता देख्यौं । देशमा आएका समस्याहरुको उचाई देख्यौं । समस्याहरुको आकार देख्यौं । हामी एक ठाउँमा उभिन तयार भयौ । एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं । हामी सबै प्रकारको समाधान दिन चाहन्छौं । केवल दुई पार्टीको मनोमानी र सिन्डीकेट कायम गर्ने होइन । यसमा माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं ।’

‘त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरुले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन । यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन । यतिखेर सहकार्य गर्ने समय हो । होष्टेमा हैँसे गर्ने समय हो । हामी सबै मिलेर पहिले देश बचाऔं । देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ । हाम्रो व्यवसाय बच्छ । सबै कुरा बच्छ । त्यसपछि हामीले बचाएको देशको मैदानमा, हामीले बचाएको देशको राजनीतिक मैदानमा हामी बल्ल प्रतिष्पर्धा गर्नसक्छौं । व्यवसायिक मैदानमा बल्ल प्रतिस्पर्धा गर्न सक्छौं । यही कुरा म तपाईहरुलाई आग्रह गर्न चाहन्छु–काँग्रेस–एमाले मूल प्रतिष्पर्धी एकठाउँमा आउनुको मर्म अब सबै वर्ग, क्षेत्रले बुझेर, त्यो कुरालाई अनुभुति गरेर हामीले एकताको बाटोबाट कम्तिमा २०८४ सम्म नेपाललाई एउटा गति दिने, नेपालले जुन खालको अपm्ठ्यारा र जटिलता व्यहोर्नुपरेको छ । त्यसलाई चिरेर अगाडि बढ्ने, नेपाललाई एउटा स्थिर शासन पनि दिने, नेपाललाई एउटा स्थिर अर्थतन्त्र पनि प्रदान गर्ने गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा हामी अगाडि बढ्नेछौं ।’

मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवद्र्धनमा सरकार सदैव प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यस अवसरमा उहाँले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरुलाई सचेत पनि गराउनु भयो ।