६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार शेयर बजार ओरालो लाग्यो, ४ अर्ब ७८ करोड २७ लाख ४ हजारको शेयर कोरोबार



अ+ अ-

काठमाडौं । सोमबार शेयर बजार २ दशमलव ३८ अंकले घटेको छ ।  शेयर बजार कारोबार सोमबार रू. ४ अर्ब ७८ करोड २७ लाख ४ हजार बराबरको शेयर कारोबार भएको छ । आइतबार करीब ७ अर्बको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकममा पनि कमि आएको छ । सोमबार १९९ कम्पनीको ४६ हजार २४० पटकको व्यापारमा १ करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर खरीदविक्री भएको छ । 

८ दिनसम्म लगातार बढेको बजार सोमबारबाट भने लगानीकर्ताहरुले नाफा बुक गरेका छन् । कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने क्रम चलिरहेकाले यो समय बजार घट्ने वातावरण नभएको जानकारहरु बताउँछन् । बजार करेक्सन हुँदै अघि बढ्ने हुँदा संयमित भएर कारोबार गर्न जानकार लगानीकर्ताहरुले आग्रह गरेका छन् । आइतबार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा बन्द भएको बजार सोमवार १ हजार ७८९ दशमलव ३६ विन्दुदेखि खुला भएको थियो । १ हजार ७९२ विन्दु पार गरेको सोमबारको बजार बन्द हुँदा १ हजार ७८० दशमलव ४३ विन्दुमा अडिएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंक घटेर ३४४ दशमलव ९५ विन्दुमा झरेको छ ।

यो दिन सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनीमा पहिलोमा नेपाल बैंक र दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । विगत लामो समयदेखि निरन्तर सर्वाधिक रकमको कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीलाई सोमबार भने नेपाल बैंकले उछिनेको छ । सोमबार नेपाल बैंकको रू.३० करोड २२ लाख ७ हजार र नेपाल पुनर्बीमा कम्पनीको रू. २९ करोड ३० लाख ३३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक रकमको कारोबार भएको नेपाल बैंक लिमिटेडको शेयरमूल्य सोमवार प्रतिकित्ता रू. १३ ले बढेर अन्तिम मूल्य रू. ३६८ पुगेको छ । त्यस्तै, दोस्रो नम्बरमा सर्वाधिक रकमको कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य भने सोमबार प्रतिकित्ता रू. ११ ले घटेर अन्तिम मूल्य रू. १ हजार १२७ कायम भएको छ ।सोमवार हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी र हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ९२ प्रतिशत अर्थात प्रतिकित्ता रू. २५ ले बढेर रू. २७७ मूल्य कायम भएको छ भने हिमालयन डिष्टिलरीको ९ दशमलव ४५ प्रतिशत अर्थात प्रतिकित्ता रू. २६९ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ११५ पुगेको छ । सोमबार बैंकिङ समूहको शून्य दशमलव ४५ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ४१ प्रतिशत, होटल समूहको ३ दशमलव ७७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ५८ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै यो दिन विकास बैंकको शून्य दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव १२ प्रतिशत, वित्तको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३४ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, जीवन बीमाको १ दशमलव ६८ प्रतिशत र म्यचुअल फण्ड समूहको १ दशमलव ४७ प्रतिशतले परिसूचक घटेको छ । सोमवार होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।