३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सोमबार शेयर बजार ओरालो लाग्यो, ४ अर्ब ७८ करोड २७ लाख ४ हजारको शेयर कोरोबार

सोमबार शेयर बजार ओरालो लाग्यो, ४ अर्ब ७८ करोड २७ लाख ४ हजारको शेयर कोरोबार
अ+ अ-

काठमाडौं । सोमबार शेयर बजार २ दशमलव ३८ अंकले घटेको छ ।  शेयर बजार कारोबार सोमबार रू. ४ अर्ब ७८ करोड २७ लाख ४ हजार बराबरको शेयर कारोबार भएको छ । आइतबार करीब ७ अर्बको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकममा पनि कमि आएको छ । सोमबार १९९ कम्पनीको ४६ हजार २४० पटकको व्यापारमा १ करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर खरीदविक्री भएको छ । 

८ दिनसम्म लगातार बढेको बजार सोमबारबाट भने लगानीकर्ताहरुले नाफा बुक गरेका छन् । कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने क्रम चलिरहेकाले यो समय बजार घट्ने वातावरण नभएको जानकारहरु बताउँछन् । बजार करेक्सन हुँदै अघि बढ्ने हुँदा संयमित भएर कारोबार गर्न जानकार लगानीकर्ताहरुले आग्रह गरेका छन् । आइतबार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा बन्द भएको बजार सोमवार १ हजार ७८९ दशमलव ३६ विन्दुदेखि खुला भएको थियो । १ हजार ७९२ विन्दु पार गरेको सोमबारको बजार बन्द हुँदा १ हजार ७८० दशमलव ४३ विन्दुमा अडिएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंक घटेर ३४४ दशमलव ९५ विन्दुमा झरेको छ ।

यो दिन सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनीमा पहिलोमा नेपाल बैंक र दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । विगत लामो समयदेखि निरन्तर सर्वाधिक रकमको कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीलाई सोमबार भने नेपाल बैंकले उछिनेको छ । सोमबार नेपाल बैंकको रू.३० करोड २२ लाख ७ हजार र नेपाल पुनर्बीमा कम्पनीको रू. २९ करोड ३० लाख ३३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक रकमको कारोबार भएको नेपाल बैंक लिमिटेडको शेयरमूल्य सोमवार प्रतिकित्ता रू. १३ ले बढेर अन्तिम मूल्य रू. ३६८ पुगेको छ । त्यस्तै, दोस्रो नम्बरमा सर्वाधिक रकमको कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य भने सोमबार प्रतिकित्ता रू. ११ ले घटेर अन्तिम मूल्य रू. १ हजार १२७ कायम भएको छ ।सोमवार हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी र हिमालयन डिष्टिलरी लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ९२ प्रतिशत अर्थात प्रतिकित्ता रू. २५ ले बढेर रू. २७७ मूल्य कायम भएको छ भने हिमालयन डिष्टिलरीको ९ दशमलव ४५ प्रतिशत अर्थात प्रतिकित्ता रू. २६९ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ११५ पुगेको छ । सोमबार बैंकिङ समूहको शून्य दशमलव ४५ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ४१ प्रतिशत, होटल समूहको ३ दशमलव ७७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ५८ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै यो दिन विकास बैंकको शून्य दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव १२ प्रतिशत, वित्तको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३४ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, जीवन बीमाको १ दशमलव ६८ प्रतिशत र म्यचुअल फण्ड समूहको १ दशमलव ४७ प्रतिशतले परिसूचक घटेको छ । सोमवार होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।