१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.41

Wind: 4.12

Humidity: 22

Latest
सरकार सञ्चालनमा समस्या छैनः गृहमन्त्री लेखक निजामति विधेयकः सहमति हुन नसकेका विषयमा शिर्ष नेतृत्वसँगको छलफलमा टुंग्याइने आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारी संगठनहरुलाई काँग्रेसको आग्रह माओवादी केन्द्रको आरोप – ‘सरकार पूर्ण रूपमा फेल भइसक्यो’ ‘वैशाखको अन्तिमसम्ममा संसदबाट शिक्षा विधेयक पारित हुन्छ’ रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण एनआरएनएको एकता महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चले दियो मिसिल झिकाउने आदेश पहलगाम आतंकवादी हमलामा संलग्न तीन आतंककारीहरूको स्केच जारी नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा !



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) इन्द्रजात्रामा सहभागी नहुने भएका छन् । बालेन अहिले भारतमा छन् । इन्द्रजात्रामा प्रधानमन्त्री केपी ओली सहभागी हुने भएपछि बालेन भारत गएका हुन् ।

आफूले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै बालेन बैंगलोर गएको उनको सचिवालय स्रोतले जनाएको छ । आज काठमाडौंमा इन्द्रजात्रा पर्व मनाइँदै छ । जात्रामा राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने परम्परा छ ।

ओली र बालेनबीच पछिल्लो समय सार्वजनिक रुपमै भनाभन चलिहरेको छ । ओलीले सार्वजनिक कार्यक्रममा र बालेनले फेसबुकबाट एकअर्कालाई अपमानित र गालीगलोज गर्दै आएका छन् ।

ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बालेनलाई लक्षित गर्दै ‘एउटा केटो मनलाग्दी बोल्दै हिंडेको र जनसमर्थन रहेको नाममा कोही बोल्न नसकेको’ भन्दै उनीमाथि जाइलाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

एमालेद्वारा आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्ने क्रममा बालेनतर्फ संकेत गर्दै ओलीले भनेका थिए, ‘अहिले कहाँ एउटा केटो निस्कियो । त्यसले मनपरी बोल्छ । त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन, त्योसँग जनमत छ अरे । नचलाएर उसको कुरा स्थापित हुँदै जान्छ दिनुहुन्छ ? तपाईं नचाहिने प्रचारहरु स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापति हुन्छ’, ओलीले भनेका थिए ।

ओलीको अभिव्यक्तिको जवाफ बालेनले शनिबार नै राति सामाजिक सञ्जालबाट फर्काएका थिए । उनले ओलीका कारण पीडित बालिकाहरुको न्याय नपाएर मर्नुपरेको संगीन आरोप लगाए । सोही कारण आफूले बाल दिवसको शुभकामना नदिएको उनको भनाइ थियो । ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन ,सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्राउन चाहन्छ, ग्रहण गर्नुहोला’ बालेनले लेखेका छन् ।

बालेनले ओलीविरुद्ध अर्को पनि पोष्ट गरे, ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ ।’