२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

15.87°C

काठमाडौं

15.87°C

Kathmandu

Feels-like: 15.37

Wind: 1.25

Humidity: 71

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा !



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) इन्द्रजात्रामा सहभागी नहुने भएका छन् । बालेन अहिले भारतमा छन् । इन्द्रजात्रामा प्रधानमन्त्री केपी ओली सहभागी हुने भएपछि बालेन भारत गएका हुन् ।

आफूले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै बालेन बैंगलोर गएको उनको सचिवालय स्रोतले जनाएको छ । आज काठमाडौंमा इन्द्रजात्रा पर्व मनाइँदै छ । जात्रामा राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने परम्परा छ ।

ओली र बालेनबीच पछिल्लो समय सार्वजनिक रुपमै भनाभन चलिहरेको छ । ओलीले सार्वजनिक कार्यक्रममा र बालेनले फेसबुकबाट एकअर्कालाई अपमानित र गालीगलोज गर्दै आएका छन् ।

ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बालेनलाई लक्षित गर्दै ‘एउटा केटो मनलाग्दी बोल्दै हिंडेको र जनसमर्थन रहेको नाममा कोही बोल्न नसकेको’ भन्दै उनीमाथि जाइलाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

एमालेद्वारा आयोजित स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्ने क्रममा बालेनतर्फ संकेत गर्दै ओलीले भनेका थिए, ‘अहिले कहाँ एउटा केटो निस्कियो । त्यसले मनपरी बोल्छ । त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन, त्योसँग जनमत छ अरे । नचलाएर उसको कुरा स्थापित हुँदै जान्छ दिनुहुन्छ ? तपाईं नचाहिने प्रचारहरु स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापति हुन्छ’, ओलीले भनेका थिए ।

ओलीको अभिव्यक्तिको जवाफ बालेनले शनिबार नै राति सामाजिक सञ्जालबाट फर्काएका थिए । उनले ओलीका कारण पीडित बालिकाहरुको न्याय नपाएर मर्नुपरेको संगीन आरोप लगाए । सोही कारण आफूले बाल दिवसको शुभकामना नदिएको उनको भनाइ थियो । ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन ,सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्राउन चाहन्छ, ग्रहण गर्नुहोला’ बालेनले लेखेका छन् ।

बालेनले ओलीविरुद्ध अर्को पनि पोष्ट गरे, ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ ।’