२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन विवादमा मिसिल झिकाउने आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए । उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुईवटा फैसला सुनाइ सकेको छ ।