२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ: उपसभापति वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगिको आरोपमा क्लिन चिट पाएको बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगिको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताउनुभएको हो ।

उहाँले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको बताउनु भयो । उहाँले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको बताउनु भयो । उहाँले छानविन समितिले देशलाई भलो कुने काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सहकारीको रकम व्यक्तिगत खातामा, कम्पनीमा ल्याउन रवि लामिछानेको भुमिका छन भनेर ठग जस्तो अप्रिय आरोप लगाएर राजनीतिक क्षेप्यास्त्र नै छेडेर रास्वपालाई क्षति गर्न सकिन्छ कि भन्ने मख्सदले संसदीय समितिको माग गरिएको थियो पहिला । त्यो पूर्ण रुपमा खारेज भएको छ । रकम आइसकेपछि गोर्खा मिडियामा एउटा अधिकारीको हिसाबले जिम्मेवारी कति बहन गर्ने, दायित्व कति हुन्छ भन्ने कुराको कानुनी निक्र्यौल गर्दै सामान्य अनुसन्धान लगायतका काम, कारबाही गर्नको लागि नेपाल सरकारलाई सिफारिस गरेको छ । रवि लामिछानेजीले आज क्लिन चिट पाउनुभएको छ । जुन मुल आरोपबाट । अरु ठगहरु, वास्तविक ठगहरु, ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरु पनि यो बाट उजागर भएको छ । शुरुमा राजनीतिक क्षेप्यास्त्रको रुपमा यसलाई दुरुपयोग गर्न खोजिएपनि अन्तत्वोगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको छ ।’

उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडी लाने बताउनु भयो ।