३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.84

Wind: 2.57

Humidity: 38

Latest
चीनको चमत्कारः विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ हङकङसँगको खेल रद्द भएपछि नेपाल फाइनलमा काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल बालाजु बाइसधारा मेला भर्नेको भिड–फोटोफिचर संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छः शेखर कोईराला गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावास जानुभएको भनेँ, त्यसको खण्डन गर्छुः देउवा वर्ष २०८१ मा नेपालमा प्रमुख घटनाहरु के–के भए ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले अपांगता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि बताउनु भयो । घर परिवारले मात्रै उहाँहरुलाई सहयोगीको रुपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरुका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो । मन्त्री पौडेलले अपांगतामैंत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य विमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासन समेत दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘यहाँहरुलाई सहयोगीको आवश्यक्ता पर्दछ । अहिले घरपरिवारको कोही रगतको नाता भएका, भावनाको नाता भएका मानिसहरुले तपाईहरुलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुले पनि कति सक्नुहुन्छ रु उहाँहरुका पनि आफ्नै खालको समस्याहरु छन् । फेरि साधन, स्रोतविना उहाँहरुले तपाईहरुलाई सहयोग गरिरहन पनि सजिलो भइरहेको छैन । त्यसैले यहाँहरुले जुन सहयोगीको खोजी गरिरहनुभएको छ । यहाँहरुलाई त्यो चाहिने अवस्था छ ।

हामीले त्यसलाई पूरा गर्नका निम्ति साधन, स्रोत सुनिश्चित गर्न केही समय लाग्छ । तर नीतिगत रुपमा यो आवश्यकता हो भनेर राज्यले स्वीकार गर्न सक्ने अवस्था निर्माण गर्नसक्छौं । हामी त्यसको निम्ति कोशिस गरिरहेका छौं । अव राज्यले यहाँहरुसँगको सम्बन्ध यहाँहरुको जीविकोपार्जन, यहाँहरुले गर्ने गतिविधिमा सहजीकरण राज्यका संरचनाहरु, पूर्वाधारहरु अपांगतामैत्री हुनुपर्छ भन्ने कुराहरु धेरै अगाडिदेखि राखिरहनुभएको छ । बनिसकेको पूर्वाधारलाई त्यसअनुसार विकसित गर्न पनि स्रोत सुनिश्चित हुनुपर्ने, नयाँ बन्ने संरचनामा केही स्रोत थप गरेर अपांगतामैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ । त्यसको निम्ति पनि हामीले केही कोशिस गरिरहेका छौं ।’

मन्त्री पौडेलले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताउनु भयो ।