• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?

बन्द प्रशिक्षणका अघि क्रिकेट खेलाडीहरुको पीसीआर परीक्षण



काठमाडौं । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ । कोरोना संक्रमणको जोखिकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाव लिएको हो । आज टीम मेम्बर, फिजियोथेरपी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ । यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पीसीआर परीक्षण गरिने भएको छ । उनीहरुको पनि आज नै स्वाव लिइएको छ । सबैको पीसीआर परीक्षण किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको हो ।

बन्द प्रशिक्षण भोली (बुधबार) बाट सुरु हुँदैछ । बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ । कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो । प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनुहुनेछ । बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का सन्दीप लामिछाने, शरह भेशवाकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ । यस्तै सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ । यसैगरी राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।
नोटः फुटेज सर्भरमा उपलब्ध छ ।