३ आश्विन २०८१, बिहीबार
,
Latest
माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा सम्मानित भइन् पलेशा, प्रदेश सरकारले मासिक भत्ता दिने



अ+ अ-

काठमाडौँ । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित भएकी छन् ।

आइतबार पोखरामा एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सरकारले उनलाई नगद एक लाख ५० हजारसहित सम्मान गरेको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उनलाई नगद, सम्मानपत्रसहित सम्मान गरे । गण्डकी सरकारले खेलाडी गोवर्धनलाई मासिक भत्तासमेत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री पाण्डेले देशलाई ऐतिहासिक पदक जिताउने गोवर्धनलाई मासिक भत्ता दिने घोषणा गरे । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेका गण्डकीका नौ खेलाडीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिँदै आएको छ ।

यस्तै, सोही समारोहमा पोखरा महानगरपालिकाले खेलाडी गोवर्धनलाई दुई लाख २२ हजार दुई सय २२ र जिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार एक सय ५५ रुपियाँसहित सम्मान गरे ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।