५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा युनाइटेडले साउथह्याम्प्टनलाई उसकै घरेलु मैदानमा ३–० गोलले हराएको हो ।

युनाइटेडलाई जित दिलाउन म्याथिस डि लिग्ट, मार्कुस रासफोर्ड र अलेजान्ड्रो गर्नाचोले एक–एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा डी लिग्टको गोलबाट युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो । ४१ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । यस्तै, खेल सकिनै लाग्दा इन्जुरी समयमा गर्नाचोले गोल गर्दै एक गोल आफ्नो नाममा बनाए ।

७९ औं मिनेटमा कप्तान ज्याक स्टेफन्सले रातो कार्ड खाएपछि अन्तिमतिर साउथह्याम्प्टन १० खेलाडीमा समेटिएको थियो । जितसँगै युनाइटेडले ४ खेलबाट ६ अंक जोडेको छ । साउथह्याम्प्टनले भने खाता खोल्न सकेको छैन ।