३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः युभेन्टस्, बार्सिलोना, चेल्सी र सेभिया नकआउट चरणमा



अ+ अ-

लन्डन । युभेन्टस्, चेल्सी, बार्सिलोना, र सेभिया मंगलबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि नकआउट चरणका नजिक छन् । समूह ‘ई’ को खेलमा चेल्सीले रेनेसलाई २–१ र सेभियाले क्रसनोडारलाई २–१ ले हरायो ।

दुवै विजयी टिम समान १० अंकमा छन् । समूह ‘जी’ मा लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाले डायनामो किभलाई ४–० ले हरायो । मार्टिन ब्रेथवाइटले दुई गोल गरेका थिए । बार्सिलोनाले यस खेलमा लियोनल मेसीलाई आराम दिएको थियो ।

यस्तै अर्को खेलमा युभेन्ट्सले फेरेक्नभारोसलाई २–१ ले हरायो । उसका लागि क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । बार्सिलोनाको १२ र युभेन्ट्सको ९ अंक भएको छ । समूह ‘एफ’ मा भने बोरुसिया डर्टमुन्डले क्लब ब्रुगलाई ३–० र लाजियोले सेन्ट पिटर्सबर्गलाई ३–१ ले पराजित गरे । समूह ‘एच’ मा म्यानचेस्टरले इस्तानबुल बासकसेरलाई ४–१ र पीएसजीले लाइपजिगलाई १–० ले हरायो ।