२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरिसकेको बताउनु भयो । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको बताउनु भयो । उहाँले बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि शुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेका छन् । छलफल अघि बढिरहेको छ । बीउ विजन नियमावली चाँडो भन्दा चाँडो पास गराएर यहाँहरुका बीचमा ल्याउने काममा पनि म आफू क्रियाशिल रहनेछु । सिंगो कृषि ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने छ ।’

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले व्यवसायिक हितका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।