३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा महिला लिग: आर्मीसँग वागमती ३—० ले स्तब्ध



अ+ अ-

काठमाडौँ । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई तीन—शुन्यको सहज नतिजामा हराएको छ ।

एन्फा खेल मैदानमा भएको खेलमा वागमतीलाई हराएर आर्मी लिगको दोस्रो स्थानमा उक्लियो । खेलको २६ औं मिनेटमा आर्मीले अग्रता बनायो। विमला चौधरीले गोल गरिन् । पहिलो हाफ आर्मीले एक शुन्यको अग्रता बनायो । वागमती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन ।

६१ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै अग्रता सुगुना गरिन् । वागमतीकी सञ्जु थिगंले आत्मघाती गोल उपहार दिँदा आर्मीले वागमतीलाई तीन शुन्यले हरायो ।

यो जितमा आर्मीले तीन अंक जोडेको छ । आर्मी ४ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । पराजित वागमती ३ अंकका साथ सातौं स्थानमा छ ।