३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएको जनाएको छ । सँगै २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् ।देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ । २४ घण्टामा ३ हजार १४० कोरोनामुक्त, २८ को मृत्यु भएको छ । साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।