३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



अ+ अ-

-चन्द्रमणि भट्टराई

काठमाडौं । आज र भोलि गरेर काठमाडौं महानगरका करीब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमको पहिलो चरण अन्तर्गत महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । उनीहरुले २७९ वुथबाट २ दिनमा करीब ५५ हजार बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउने छन् । 

महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनमा आएका बालबालिकालाई क्याप्सुल दिएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । जनस्वास्थ्य विभागका अनुसार गएको असार महिनामा ५४ हजार ९६८ जनालाई क्याप्सुल दिइएको थियो । त्यस्तै गएको वर्ष कार्तिकमा ६१ ह्जार ७०९ जनालाई खुवाइएको थियो । 
 
महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन 'ए' सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई भिटामिन 'ए' पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी दिने गरिएको छ । कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।