• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ

९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु



काठमाडौं । कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । किर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । यद्यपी कप्तान ज्ञानेन्द्र मल्ल सहित पाँच जना खेलाडी प्रशिक्षणमा सहभागि हुन पाएका छैनन् । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले मैदान उत्रिएका छैनन् । 

गत मंगलबार गरिको परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । बसन्त रेग्मी पनि संक्रमित छन् । अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागि गराएको छ ।




भर्खरै