१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप १६१४ जनामा कोरोना संक्रमित, मृत्यु हुनेको संख्या १४ सय नाघ्यो



अ+ अ-

काठमाडौं । बिहिबार नेपालमा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४१२ पुगेको छ। यस्तै हालसम्म ६८० जना क्वारेन्टिनमा रहेका छन् ।